नियम १३९
बिदा दिने अधिकारी
: (१) सशस्त्र प्रहरी कार्यालयको प्रमुखले भैपरी आउने र पर्व बिदा बस्नु पर्ने भएमा बिदा बसी तालुक कार्यालयबाट स्वीकृत गराउनु पर्नेछ ।
(२) सशस्त्र प्रहरी निरीक्षक र सोभन्दा माथिल्लो दर्जाका अधिकृत कार्यालय प्रमुख रहेको कार्यालयका सशस्त्र प्रहरी निरीक्षक र सोभन्दा माथिल्ला अधिकृतलाई भैपरी आउने र पर्व बिदा, बिरामी बिदा, किरिया बिदा, प्रसुति बिदा, प्रसुति स्याहार बिदा र सट्टा बिदा तथा अन्य सशस्त्र प्रहरी कर्मचारीलाई अध्ययन बिदा बाहेकको सबै किसिमको बिदा सोही कार्यालयको प्रमुखले दिन सक्नेछ ।
(३) सशस्त्र प्रहरी निरीक्षक र सोभन्दा माथिल्ला दर्जाका सशस्त्र प्रहरी कर्मचारीको घर बिदा एक तह माथिको कार्यालय प्रमुखले दिन सक्नेछ ।
(४) प्रधान कार्यालयका सशस्त्र प्रहरी कर्मचारीलाई देहाय बमोजिमको अधिकारीले बिदा दिन सक्नेछ:–
(क) सशस्त्र प्रहरी निरीक्षक र सोभन्दा माथिल्लो दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई भैपरी आउने वा पर्व बिदा, प्रसुति बिदा, प्रसुति स्याहार बिदा, सट्टा बिदा, किरिया बिदा र बिरामी बिदा सम्बन्धित विभागीय प्रमुख वा निर्देशनालय प्रमुखले र घर बिदा सशस्त्र प्रहरी महानिरीक्षक वा निजले तोकेको अधिकारीले,
(ख) खण्ड (क) मा उल्लिखित बाहेक अन्य सशस्त्र प्रहरी कर्मचारीलाई अध्ययन बिदा बाहेकको अन्य सबै किसिमको बिदा सम्बन्धित शाखा प्रमुखले ।
(५) सशस्त्र प्रहरी महानिरीक्षकले भैपरी आउने र पर्व बिदा आफैं जनाई बस्न सक्नेछ । अन्य बिदामा बस्दा नेपाल सरकारबाट स्वीकृत गराई बस्नु पर्नेछ ।
(६) सशस्त्र प्रहरी कर्मचारीको अध्ययन बिदा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले स्वीकृत गर्नेछ ।